दफा ११
नियम बनउने अधिकार

(१) सर्वोच्च अदालतले आफनो अधिकारक्षेत्रको प्रयोग तथा कार्यविधि व्यवस्थित गर्न        आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने
गरी ………… देहायका विषयहरूमा नियम बनाउन सकिनेछः –
(क) सर्वोच्च अदालतको अधिकारक्षेत्रको प्रयोग एक जना न्यायाधीशको        इजलासबाट वा एक भन्दा बढी न्यायाधीशको संयुक्त इजलास, पूर्ण इजलास, बृहत पूर्ण इजलास वा संवैधानिक इजलासबाट गर्ने विषय ।
(ख) सर्वोच्च अदालतमा पुनरावेदन, साधक, पुनरावलोकन र मुद्दा दोह¥याउनको लागि दिइने निवेदनहरू सम्बन्धी विषय ।
(ग) संविधानको धारा १३३ को उपधारा (१) र (२) अन्तर्गत पर्ने निवेदनपत्रहरू सम्बन्धी विषय ।
(घ) फौजदारी मुद्दामा तल्लो अदालतबाट कसुरदार ठहरी भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन दिने व्यक्तिलाई थुना वा कैदमा राख्ने वा धरौटी वा जमानतमा छाड्ने विषय ।
(ङ) अदालतको अवहेलना सम्बन्धी कार्यविधि ।
(च) अदालतको प्रशासनिक काम कारबाई एवं न्यायिक कार्यविधि सम्बन्धी अन्य विषय ।